२१ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेश स्तरीय बक्तृत्वकला छनौट प्रतियोगितामा नमूना विद्या सदनकि देवकोटा प्रथम

  • टाइम्स संवाददाता

  • ८ पुष २०८०, आईतवार ०६:१७

कोहलपुर,बाँके: नेशनल प्याब्सन बाँकेको आयोजनामा शनिबार वेस्टर्न माध्यमिक विद्यालयमा भएको लुम्बिनी प्रदेश स्तरीय बक्तृत्वकला छनौट प्रतियोगितामा नमूना विद्या सदन माध्यमिक विद्यालयकी छात्रा ४० जना सहभागीलाई पछि पार्दै सोभना देवकोटा प्रथम स्थान हासिल गरेर आगामी लुम्बिनी प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिताको लागी छनौट हुन सफल भएकी छिन।

देवकोटाले आगामी लुम्बिनी प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगितामा लुम्बिनी प्रदेश सबै जिल्ला बाट छनौट भएर आएका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी छिन।”राष्ट्रको शैक्षिक बिकासमा निजि बिधालयको भुमिका”भन्ने विषयमा आफ्नो उत्कृष्ट प्रस्तुतिका साथ ४० प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन ।

त्यसैगरी गायन प्रतियोगितामा छात्रा स्वस्तिका चौधरी तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन् । नमूना विद्या सदन माध्यमिक विद्यालयका संचालक शिब डाँगीले दुबै जनालाई थप सफलताको कामना गरेका छन। देवकोटाले बाँके जिल्लाको प्रतिनिधित्व गर्ने भएकोले विद्यालय अभिभावक र जिल्लाको नाम राख्न अझै धेरै परिश्रम गरेर उत्कृष्ट नतिजा ल्याउन संचालक डाँगिले अपेक्षा गरेका छन ।

Nabintech