२० बैशाख २०८१, बिहीबार
नेपालगञ्ज-गुलरीया सडक निर्माणमा बजेट अभाव

करिब ३५ करोड रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी


  • टाइम्स संवाददाता

  • ८ पुष २०८०, आईतवार १७:३१

नेपालगञ्ज:नेपालगञ्ज–गुलरीया सडक स्तर उन्नतिको काम द्रुत गतिमा अघि बढिरहँदा समेत निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । निर्माण कम्पनीले हाल नेपालगञ्जको नन्दनी मिलदेखि नै सडकमा कालोपत्रेको तयारीका लागि गिट्टी बिच्छाउन थालेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरीया सडक खण्ड विस्तार हालसम्म द्रुत गतिमा अघि बढेपनि भुक्तानी दिन नसकिएको बताउनुभयो । इन्जिनियर पाण्डेले भन्नुभयो, “गत आव र चालु आवको गरी करिब ३५ करोड रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ ।“

आयोजनाका अनुसार यही चैतसम्म कालोपत्रेको सुरुवात गर्ने तयारी छ । अस्फाल्ट प्रविधिबाट पहिलो चरणमा ५ सेन्टिमिटरको डिपिएम कालोपत्रे र दोस्रो चरणमा माथिल्लो भागमा पुनः ५ सेमीको कालोपत्रे गरिने छ ।

गत वर्ष भदौमा टेण्डर भएपनि मङ्सिरमा सम्पन्न निर्वाचनपछि काम अघि बढेकोमा प्रारम्भिक चरणको काम करिब सम्पन्न भएको छ । सडक अन्तर्गत रहेको दर्जनौँ स–साना कल्भर्ट निर्माण गरिएको छ ।

Nabintech