२० बैशाख २०८१, बिहीबार
लुम्विनी प्रदेशका मन्त्रिहरु केसी र थापाले लिए शपथ

बाँकेकी कृष्णा केसी नमूना अव खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री


  • टाइम्स संवाददाता

  • ८ पुष २०८०, आईतवार १७:३९

काठमाण्डाै: लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सराेज थापालाई शपथ गराएका हुन ।

केसी सहरी विकास मन्त्री र थापा उद्याेग तथा यातायात मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले हिजाे शनिवार केसी र थापालाई मन्त्री नियुक्त गरेका थिए ।

लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हाे । याेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् नाै सदस्यीय भएको छ ।

बाँकेकी कृष्णा केसी नमूना मन्त्री

लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना मन्त्री बनेकी छिन् । बाँके क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित उनी खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बनेकी हुन् । उनले आज सपथ ग्रहण गरेकी छिन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्नेक्रममा माओवादी कोटाबाट नमुनालाई मन्त्री बनाएका हुन् । नमुना यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

तर, उनलाई तत्कालीन आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री दिने तयारी भएपछि त्यो जिम्मा नलिने भन्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनी माओवादी केन्द्रबाट लुम्विनी प्रदेशमा प्रत्यक्ष निर्वाचित एकमात्र महिला हुन् ।

Nabintech