२० बैशाख २०८१, बिहीबार
गोरखा प्याब्सन रनिङ शिल्डको च्याम्पियन

  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार ०७:१८

कोहलपुर,बाँके:बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा आयोजित प्रथम प्याब्सन रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये दुवै तहमा सबैभन्दा बढी पदक जितेर गोरखा युनाइटेड पब्लिक सेकेण्डरी स्कुल च्याम्पियन भएको छ ।

गोर्खाले प्रतियोगितामा सहभागी विद्यालय मध्ये सबैभन्दा बढी जम्मा १४ पटक जित्न सफल भएको छ । प्रतियोगितामा उसले जम्मा आठ स्वर्गपटक, चार कास्यपदक र दुई रजतपदक हात पार्दै च्याम्पियन भएको हो ।

शिक्षा क्षेत्रमा बाँकेमै अब्बल मानिएको गोरखा युनाईटेड यो सफलताबारे सम्क्षिप्त प्रतिक्रिया दिंदै गोरखा युनाईटेड पब्लिक सेकेण्डरी स्कुलका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुको कडा अनुशासन, लगनशिलता र ईमान्दारिताले सफलता प्राप्त भएको बताए ।

उनले खेल शिक्षकको शिक्षण तथा प्रयोगात्मक बिधिले विद्यार्थीहरु निपुन हुने भन्दै जुनसुकै सफलता हात पार्न तिब्र ईच्छा शक्ति, एकाग्र ध्यान र त्याग तपस्या नै भएको औंल्याए ।

Nabintech