४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर रनिङ्ग शिल्ड मार्चपासमा वेस्टर्न बाजिगर

  • टाइम्स संवाददाता

  • ११ पुष २०८०, बुधबार ०७:०५

कोहलपुर : कोहलपुरमा सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिताको मार्च पासमा वेस्टर्न ईमि स्कुल प्रथम हुदै बाजिगर बनेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

कोहलपुर नगरपालिकाका भित्रका ३६ वटा (सामुदायिक तथा निजि विद्यालय) हरुको सहभागितामा हुन लागेको कोहलपुर मेयर कपममा ३६ वटै विद्यालयहरुले मार्च पासमा सहभागि भएका थिए ।

जसमा कोहलपुर ५ मा रहेको वेस्टर्न ईमि स्कुल प्रथम भएको छ भने कोहलपुर ५ मा रहेको पञ्चमुखी ईमि स्कुल र कोहलपुर १ मा रहेको जन ज्ञानज्योति मावि द्धितीय भएका छन् । यस्तै कोहलपुर १२ मा रहेको ग्रिन पिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि हुनेछन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको मल्लले बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ ।

कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दुई वर्षदेखि प्रथम हुँदै आएको छ । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । जसमा २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदक सहित जिल्ला प्रथम भएको थियो ।

Nabintech