७ जेष्ठ २०८१, सोमबार
कोहलपुर अन्तर मा.वि मेयर कपः त्रिभुवन माविको वर्चस्व

प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुने


  • टाइम्स संवाददाता

  • १२ पुष २०८०, बिहीबार ०७:१४

कोहलपुर: कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयले आफ्नो बर्चस्व कायमै राखेको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा जारी प्रतियोगितामा त्रिभुवन माविले करातेमा छात्रातर्फ ५२ केजी र छात्रातर्फको ४५ केजीमा प्रथम स्थान हासिल गरेको छ ।

यस्तै डायनामिकले करातेमा छात्रातर्फको ४० केजी तौलमा प्रथम र ५० केजी तौलमा भने तृतीय स्थान हासिल गरेको छ भने जनज्योति माविले ५० केजी तौलमा प्रथम भएको छ । यस्तै बालज्योति माविले करातेमा छात्रतर्फ ४२ केजी तौलमा प्रथम भएको छ भने कोहलपुर बागेश्वरी माविले ४७ केजी तौलमा प्रथम भएको छ ।

यस्तै ८ सय र १५ सय मिटरे दौडमा छात्र र छात्रा दुवैमा त्रिभुवन माविले वाजी मारेको छ । यस्तै गोर्खा यूनाईटेडले १०० मिटर दौडमा छात्रातर्फ प्रथम भएको छ भने छात्रतर्फ बालविद्या मावि प्रथम भएको छ । यस्तै छात्रातर्फको भलिबलमा ज्ञानज्योति मावि, त्रिभुवन मावि, बाल विद्या मावि क्वाटर फाइनलमा पुगेको छन् भने छात्रतर्फको ब्राइटलाईट मावि र कृष्ण मावि क्वाटर फाइनलमा पुगेका छन् ।यस्तै छात्रातर्फको कपडीमा कृष्ण मावि, सगरमाथा मावि, त्रिभुवन मावि र नेपाल राष्ट्रिय माविक्वाटर फाइनलमा पुगेका छन् भने छात्रतर्फ राम जानकी मावि, वेस्टर्न मावि, कृष्ण मावि, राम मावि, डायनामिक मावि, पञ्चमुखी मावि, ज्ञानज्योति मावि, निम्बल मावि क्वाटर फाइनलमा पुगेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो । यस्तै प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि भएका छन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ ।

Nabintech