२३ बैशाख २०८१, आईतवार
सिद्धार्थ होटेलले न्यु एयर इभ गर्दै, गायक प्रकाश दुतराज आउने

  • टाइम्स संवाददाता

  • १२ पुष २०८०, बिहीबार ०९:०८

नेपालगन्ज : अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सिद्धार्थ होटेल नेपालगन्जले कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न साँस्कृतिक कार्यक्रम सहित न्यू एयर इभ गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

सिद्धार्थ होटेलका केशव न्यौपानेले न्यु एयरका अवसरमा चर्चित गायक प्रकाश दुतराज सहित स्थानीय कलाकारको विभिन्न रोचक प्रस्तुती रहने जानकारी दिए । नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौंबाट चर्चित गायक दुतराजलाई नेपालगन्ज ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए ।

गायक दुतराजका देउरालीमा धजारिमै, घर कता हो बहिनीको, लाहुर जाने रेलैमा भन्ने लगायत एक दर्जन भन्दा बढी गीत लोकप्रिय रहेका छन् । साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्ड सहित डिजेको पनि प्रस्तुती रहने होटेलले जनाएको छ । यसैगरी होटेलले नयाँ बर्षको अवसरमा आकर्षक छुटसहितका विभिन्न प्याकेज ल्याएको जनाएको छ ।

Nabintech