४ जेष्ठ २०८१, शुक्रबार
हाईजम्पमा रेकर्ड ब्रेक गर्दै तक्षशिलाका मिलन

  • टाइम्स संवाददाता

  • १२ पुष २०८०, बिहीबार १४:४४

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी सातौं अन्तर मा.वि. मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगितामा बाँके जिल्ला र रनिङ शिल्डमा आफुले कायम गरेको रेकर्ड ब्रेक गर्दै तक्षशिला एकेडेमीमा कक्षा ११ मा अध्यनरत मिलन विश्वकर्माले प्रतियोगितामा हाई जम्प तर्फ सर्बोउत्कृष्ट भएका छन ।

उनले गत बर्ष बाँके जिल्ला स्तरिय खेलकुदमा १ मिटर ६० सेन्टिमिटरको रेकर्डलाई ब्रेक गर्दै १ मिटर ७० सेन्टिमिटरको रेकर्ड कायम गरेका छन । २८ जना आफना प्रतिस्पर्धिलाई उछिन्दै विश्वकर्माले रेकर्ड ब्रेक गरको रनिङ शिल्ड आयोजकले जनाएको छ ।

बिद्यालयमा अध्यनरत विद्यार्थीले आफनो विद्यालय र आफनो नाम रोशनी गर्दै प्राप्त गरेका सफलतालाई विद्यालयले उच्च मुल्यांकन गर्ने भन्दै विद्यालयका अध्यक्ष विष्णु प्रसाद वेल्वासेले विद्यार्थीहरुको यस प्रगतिको उचित मुल्यांकन गरि छात्रबृत्तीको ब्यबस्था गर्ने बताए । उनले अनुशासित, लगनशिल विद्यार्थीहरुलाई विद्यालयले उचित पुरस्कृत गर्दै आएका भन्दै सफल मिलन विश्वकर्मालाई पनि छात्रबृत्तीकोसेवा दिंदै विद्यालयमा नि शुल्क पठनपाठनको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Nabintech