३० बैशाख २०८१, आईतवार
सिकलसेल पहिचानका लागि दुई पालिका बिच अन्तरपालिका स्तरिय सहकार्य

राप्तीसोनारी गाउँपालिकाबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण हुने


  • टाइम्स संवाददाता

  • १३ पुष २०८०, शुक्रबार ०७:१२

कोहलपुर,बाँके: सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान गर्न बाँकेमा कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले अन्तरपालिकास्तरीय सहकार्य गर्ने भएका छन् । थारु बाहुल कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचानमा अन्तरपालिकास्तरीय समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । सिकलसेल एनिमिया र बिटा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्यकारुपमा रहेको छ । दुवै पालिकाले सिकलसेल र थालेसमिया रोग नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर काम गरिरहेका छन् ।

दुवै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुबीच कोहलपुरमा भएको समन्वयात्मक बैठकमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका हुन् । सहमतिसँगै अव राप्तीसोनारी गाउँपालिकाबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण हुने राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

राप्तीसोनारी गाउँपालिकाले संकलन गरेको सिकलसेल तथा थालेसिमियाको रक्त नमुना जाँचका लागि नमुना संकलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई उपलब्ध गराउने सहमति भएको कोहलपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेन ठकुरीले बताए ।

Nabintech