२२ बैशाख २०८१, शनिबार
फर्जि खेलाउने र खेल्न प्रोत्साहन गर्ने जो कोहिलाई पनि निर्ममतापुर्वक कारवाहि हुन्छ: मेयर आचार्य

प्रतिस्पर्धामा विजयी हुने सपना बोकेका खेलाडी विद्यार्थीमाथि तेजोवध गर्ने कार्य सह्य छैन


  • टाइम्स संवाददाता

  • १३ पुष २०८०, शुक्रबार १७:३६

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा आयोजित सातौं अन्तर मा.वि मेयर कप तथा १६ औं पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले फर्जि खेल्ने खेलाडि र खेल्न प्रोत्साहन गर्ने जो कोहि लाई पनि पालिकाले छानविन गरि निर्ममतापुर्वक कारवाहि गर्ने चेतावनि दिएका छन ।

उनले खेलका अवधिमा ६ वटा बिद्यालयहरुले फर्जि खेलाडि खेलाएको भन्ने रिर्पोट आएको भन्दै वालवालिकाहरुको भविष्य संग खेलवाड गर्ने संस्था मात्र हैन ब्यक्ति पनि कारवाहिको दायरामा पर्न सक्ने भन्दै अझै कोहिले फर्जि मेडल पाएका शंका लागे आईतवार नगर शिक्षा वा नगर खेलकुद विकास समितीमा उजुरी टिपाउन आग्रह गरेका समेत गरेका छन ।

”पाएको मेडल खोसिन सक्छ ,जस्लाई विश्वास गरेर बिद्यालयले ब्यबस्थापनको जिम्मा दिएको छ उनीहरुबाटै यस्तो फर्जि काम हुन्छ” भने शिक्षामा गुणस्तरता के होला भन्ने प्रति प्रश्न गर्दै मेयर आचार्यले अन्तर मावि मेयर कपलाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता समेत जनाए । कोहलपुर नगरपालिकाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले यसलाई व्यस्थिति र भव्य बनाउँदै लगिने उनको भनाइ छ ।

पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थी पूर्ण हुन नसक्ने भन्दै उनले अतिरिक्त ज्ञानको आवश्यक जरुरी रहेको बताए । ‘खेलकुद पनि अतिरिक्त क्रियाकलाप हो उनले भने–‘विद्यालयले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।’ उनले आगामी संस्करणमा खेल विधालाई थप गरिने पनि प्रतिबद्धता जनाए । गत वर्ष तीन वटा विधामा मात्रै प्रतियोगिता हुँदै आएकोमा यो पटक मार्सलआर्ट विधा थप गरिएको थियो ।

‘भलिबल, दौड र कपडी हुँदै आएकोमा यो पटक देखि मार्सलआर्ट विधा पनि थपियो उनले भने–‘आगामी संस्करणमा अरु विधा पनि थपिनेछ । उनले प्रतियोगितामा कक्षा ६, ७ र ८ विद्यार्थीहरुलाई पनि समाहित गर्ने योजनाबारे परामर्श गरिने बताए । दोषी प्रमाणित भए उनीहरुलाई अर्को पटकको संस्करणमा भाग लिन नपाउने गरी कारवाही गरिन्छ’ उनले भने ।

पुरस्कार जित्नका लागि फर्जि खेलाडी खेलाउने विद्यालय, शिक्षक, प्रशिक्षक समेतलाई छानविन गरेर कारवाही गरिने बताए । ‘खेलक्षेत्रमा सम्भावना बोकेका र प्रतिस्पर्धामा विजयी हुने सपना बोकेका खेलाडी विद्यार्थीमाथि तेजोवध गर्ने कार्य सह्य छैन भन्दै मेयर आचार्यले  मेयर कपमा छनौट भएका खेलाडीहरुको व्यवस्थापन गर्ने जिम्मा पालिकाका हो । खेलाडीहरुको व्यवस्थापनतर्फ ध्यान दिन नगर खेलकुद विकास समितिलाई निर्देशन दिन्छु’ उनले भने ।

समापन समारोहलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले खेलकुदप्रति विद्यार्थीको उत्साहको प्रशंसा गरिन् । उनले खेल क्षेत्रको विकासका लागि कोहलपुर नगरपालिकाले संस्थागतरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि पालिकाले सँगसँगै अगाडि बढाएको उल्लेख गरिन् ।

कोहलपुर नगर खेलकुद समितिका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन प्रतियोगिता संचालन समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए । विजयी खेलाडीहरुलाई नगर प्रमुख, नगर उपप्रमुख, वडाअध्यक्ष, खेल प्रशिक्षक लगायतले मेडल तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

कोहलपुर नगरपालिकाको आयोजनामा आयोजित चार दिने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको समापनका अवसरमा कोहलपुर नगरपालिका २ तेह्र विघा खेलमैदानमा भएको प्रतियोगितामा जनप्रतिनिधि, खेलकुदकर्मी, प्रहरी प्रशासन, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

Nabintech