४ जेष्ठ २०८१, शुक्रबार
रुकुम छिनखेत भेरी किनारमा बि.क. को मृत्यु

  • टाइम्स संवाददाता

  • १४ पुष २०८०, शनिबार ०९:०३

पश्चिम रुकुम: रुकुम पश्चिमको सानो भेरी नदी किनारमा भेटिएका दुई जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ पिपलका १३ वर्षीय सुभाष वि.क. रहेका छन् ।

सोही ठाउँका १८ वर्षीय डिलु विक र सुभाषलाई प्रहरीले बाँफिकोट गाउँपालिका–४ छिनखेत स्थित सानोभरी नदीको किनारमा अचेत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्थानीयले जानकारी गराएपश्चात् प्रहरी सहायक निरीक्षक गणेश शर्माको कमान्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । उनीहरूलाई उद्धार गरेर बाँफिकोट गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पतालमा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मेन्द्र खड्काका अनुसार सुभाषको उपचारका क्रममा मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

Nabintech