२३ बैशाख २०८१, आईतवार
किन हुन्छ बाल सुधारमा झडप? कहिले आउछ नियन्त्रणमा !

  • टाइम्स संवाददाता

  • १६ पुष २०८०, सोमबार ०५:२७

नेपालगन्ज : बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा तीन दिनदेखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन । सुधार गृहका नायव सुब्बा सबिता रावतले दिएको जानकारी अनुसार विगत तीन दिन यता झडपमा ७ जना घाइते भएका छन ।

नेपालगन्जस्थित जयेन्दु बाल सुधार गृहमा भएको पुरानो रिसिबीलाई लिएर शुक्रबार देखि दुई समुहबीच झडप सुरु भएको थियोे । सरकारले नौवस्तामा १८ वर्षभन्दा माथिका युवालाई केही महिनादेखि राख्न सुरु गरेको थियो । त्यहाँ राखिएका कुल १ सय १६ मध्ये २६ जना युवा नेपालगन्जस्थित जयेन्दु बाल सुधार गृहका हुन ।

जयेन्दु बाल सुधार गृहमा केही महिना अघि दुई समुहबीच झडप हुँदा १ जनाजो मृत्यु हुनुका साथै थुप्रै घाइते र तोडफोड भएको थियो । ‘यहाँ ल्याइएका २६ जना मध्ये नै नेपालगन्ज घटनामा संलग्न दुई समुहका हुन, यिनीहरू बीचमै योजना बनेर झडपको घटना भएको हो,’ नायव सुब्बा रावतले दूरसन्चारसँग भनिन ‘तपाईसँग मैले अहिले कुरा गरिरहँदा अहिले पनि झडप नियन्त्रणमा आएको छैन, बाहिर निस्केर हो-हल्ला गरिरहेका छन, हामी कोठा भित्र छौँ ।’

स्थितिलाई नियन्त्रणमा लिन १ भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको बताइन । आइतबार बेलुकी पौने ८ बजेसम्म पनि उनीहरु पाकेको खाना समेत नखाएर हो-हल्ला गरिरहेका छन । ‘शुक्रबारबाट सुरु भएको उनीहरू बीचको झडप केही समय रोकिन्छ, फेरि सुरु हुन्छ, उनीहरूको नजिक जाने अवस्था नै छैन,’ उनलेे थपिन ।

नासु रावतका अनुसार झडपमा परी शुक्रबार र शनिबार ६ जना तथा आइतबार १ जना घाइते भएका हुन । सोही घटनाका कारण सोमबार सुधार गृहमा गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको रावतले बताइन् । उक्त सुधार गृहमा जिल्ला बाहिरबाट पनि १८ वर्ष भन्दा माथिका युवालाई ल्याएर राखिएको छ ।

Nabintech