४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर साना किसान कृषि सहकारी सस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १६ पुष २०८०, सोमबार १६:४८

कोहलपुर:  बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना किसान कृषि सहकारी सस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस सस्था २०६६ साल बैशाख देखि साना किसान अनुशरण कार्यबाट शुरु भएको हो । साधारण सभाका प्रमुख अथिति नेपाल कृषि सहकारी केन्द्रिय  सघका अध्यक्ष खेम बहादुर पाठकले महिलाले नेतृत्व गरेको यो सहकारीलाई ७४ लाख नाफा गर्न सफल भएको हुदा महिलाले नेतृत्व गरेको सस्था कति पारदर्शी छ भन्ने स्पष्ट भएको बताए । नेपाल कृषि सहकारी केन्द्रिय  सघका अध्यक्ष पाठकले शेयर सदस्यहरु जहिले पनि चखाखो हुनु पर्ने सहकारीले पैसा मात्र होइन पहिलो प्रथमिकता भनेको ज्ञान र सिप दिन्छ भन्ने कुरालाई बुझनु पर्ने बताएका थिए । यो सहकारी एक सफल र नेपालकै एक नमुना सहकारी भएको आफुले हेर्न चाहेको पाठकले बताए ।


कोहलपुर साना किसान कृषि सहकारी सस्थाकी अध्यक्ष जानकी पुनले ११करोड ७० लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिइन । प्रतिबेदनमा ११ सय ६६ जना सस्थाका शेयर सदस्य रहेको उल्लेख गरिएको छ भने सस्दयहरुलाई पशु ब्यवस्थापन तथा उपचार सम्बन्धी तालिम , अबलोन भ्रमण ,नेतृत्व बिकास र क्षमता अभिबृद्धि तालिम प्रदान गर्नुका साथै  ८३ लाख ८० हजारमा सस्थाको दुइ तल्ले भबन बनाउन समेत सफल भएको उल्लेख गरिएको छ ।
भाबि निती तथा कार्यक्रममा सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिने, रेमिटान्स र आइएमी सन्चालन गर्ने कृषि औजार खरिद बिक्रि कार्य गर्ने सदस्य समुह बृद्धि गर्ने, ४ बर्षे ब्यवसायिक योजना बनाएर कार्य योजना लागु  गर्ने , स्वास्थ शिबिर सन्चालन गर्ने , पशु बिमालाई अगाडी बढाउने योजना रहेका छन


साधारण सभामा बिशिष्ठ अथिती कोहलपुर नगरपालिका वडा न११की वडा अध्यक्ष कल्पना अधिकारीले पछिल्लो समयमा बतच कर्ताहरु सचेत हुन पर्ने र सहकारी र लघुबिक्त बिचको भिन्नता छुटाएर बचत गनु पर्ने बताइन । कार्यक्रमा लेखा समितीका संयोजक केशकुमारी बली र भवन निमार्ण समितीकी संयोजक बिष्णु कुमारी सिह ठकुरीले आआफनो प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अधिकाश बक्ताहरुले यस सहकरीले गरेका कार्यहरु अरु सहकारी सस्थाहरुको लागी अनुकरणीय हुने बताएका थिए ।

 

Nabintech