४ जेष्ठ २०८१, शुक्रबार
गोरखा युनाईटेडको खेल सप्ताह शुरु

  • टाइम्स संवाददाता

  • १७ पुष २०८०, मंगलवार ०९:२२

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो विद्यालयमा खेल सप्ताह शुरु गरेको छ । हरेक बर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसपालि पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एबं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई बल हस्तान्तरण गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन ।

चार सदनमा बिभाजित विद्यार्थीहरुका विच सदनात्मक एथलेटिक्स र फुटवलका खेलहरु हुने खेल सप्ताह विद्यालयले २०६८ साल देखि सञ्चालकहरुको छुट्टै कोषबाट खेल सप्ताह सञ्चालन गर्दै आएको छ ।

खेलमा सर्वोत्कृष्ट हुने खेलाडिलाई २१ हजार द्धितिय हुनेलाई ११ हजार प्रदान गरिनेछ भने शिक्षक, कर्मचारी र संस्थापकबिच हुने खेलका बिजयतालाई नगद १० हजार पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

खेल सप्ताहको उदघाटन गर्दै विद्यालयका सञ्चालक अध्यक्ष एबं सस्थापक केशर बहादुर आलेले विद्यार्थीहरुलाई शिक्षाको मात्र ज्ञानले उनीहरुको जिवन अधुरो हुने भन्दै विद्यार्थी विद्यार्थी विचको लुकेको प्रतिभा उजागर हुने र उनीहरुको चौतर्फि विकासमा टेवा पुग्ने बताए ।
एउटा मानवलाई शारिरीक, मानसिक जस्ता संवेगात्मक विकासको समेत आवश्यकता हुने र ती विकास हुन खेल पनि उत्कृष्ठ मार्ग हुने भएकाले विद्यालयको बार्षिक क्यालेण्डर बमोजिम खेद सप्ताहको आयोजना गरिएको जिकिर गरे ।

Nabintech