२३ बैशाख २०८१, आईतवार
चार दिनपछि शान्त बन्यो बाँके नौवस्ताको बालसुधार गृह, १५ जना अझै फरार

दुई समूहमा विभाजित भएका बालबिज्यांईकर्ताहरुबीच विवाद उत्पन्न हुँदा शुक्रबार झडप भएको थियो


  • टाइम्स संवाददाता

  • १७ पुष २०८०, मंगलवार ११:०३

बैजनाथ,बाँके : बैजनाथ गाउँपालिका–२ नौबस्तास्थित बालसुधार गृहमा शुक्रबारदेखि भएको तनाव शान्त भएको छ। सुरक्षा निकाय र बालसुधार गृहमा रहेका बालबिज्याई कर्ताहरुबीच उनीहरुका माग सम्बोधन गर्ने सहमति भएपछि सोमबार साँझदेखि बालसुधार गृहको अवस्था शान्त बनेको हो। सफा पानी, उपचार प्रबन्ध, शिक्षा, सीप विकास, मनोरन्जनलगायतका मागमा मौखिक सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

सुरक्षा कारबाहीतर्फ सुधारगृह पूर्णरुपमा खाली गरी चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा चारवटा मोबाइल नियन्त्रणमा लिइएको पनि उनले बताए। चेकजाँचपछि बालबिज्यांईकर्तालाई पुनः उक्त गृहमा राखिएको छ। यहाँ रहेका एक सय १६ बालबिज्याई कर्तामध्ये १५ जना फरार भएका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

दुई समूहमा विभाजित भएका बालबिज्यांईकर्ताहरुबीच विवाद उत्पन्न हुँदा शुक्रबार झडप भएको थियो। उक्त झडपमा ६ जना बालबिज्याई कर्ताहरु घाइते भएका छन् भने एउटा सरकारी गाडीमा समेत तोडफोड भएको थियो। साथै सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले उक्त बालसुधार गृह उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो।

Nabintech