४ जेष्ठ २०८१, शुक्रबार
आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार ०६:२१

काठमाडौँ: हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Nabintech