१५ बैशाख २०८१, शनिबार
कोहलपुर ६ रझेनामा ४८ जनामा हात्तीपाइको जिवाणु फेला

यस अघि रझेनामा ३५ जनामा पोजेटिभ जिवानु भेटिएको थियो


  • टाइम्स संवाददाता

  • २० पुष २०८०, शुक्रबार १८:३०

कोहलपुर,बाँके : कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु फेला परेको छ । तीन सय जनामा गरिएको रयापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा विहीबार रझेनामा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गर्न सुरु गरिएको पनि पाण्डेले बताए । आरडिटी जाँचमा शररीभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न माइक्रोस्कोपिङ गर्न लागिएको उनको भनाइ छ ।

राती १० देखि २ बजेसम्मको समयमा उनीहरुको रक्त नमुना संकलन गरी माइक्रो स्कोपिङबाट परीक्षण गरिनेछ । यदी २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधी सेवन कार्य रोकिने छ ।

तर ३ भन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः कोहलपुरबासीले थप दुई वर्ष औषधि सेवन गर्नुपर्नेछ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो ।

Nabintech