१६ बैशाख २०८१, आईतवार
उद्योग बाणिज्य संघ कोहलपुरको भब्य रजत जयन्ती (फोटो फिचर)

शक्ति र सत्ता स्थाई नहुने कुराको हेक्का राख्न सम्वन्धित पक्षको धनाकर्षण गराउन चहान्छु : अध्यक्ष पौडेल


  • प्रमोद रिजाल

  • २० पुष २०८०, शुक्रबार १९:३७

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको उद्योग बाणिज्य संघ कोहलपुरले आफनो स्थापनाको २५ बर्ष पार गर्दै रजत जयन्ती एक समारोहका बिच भब्य रुपमा मनाएको छ ।

१० औं बार्षिक साधारण सभाका अवसरमा संघले आफनै कार्यालय परिसरमा साधारण सभालाई समेत उदघाटन गर्दै आफनो रजत जयन्ती मनाएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल भौगोलिक वातावरणिय अनुकुलता नहुदा भौतिक रुपमा कार्यक्रममा उपस्थिती हुन नसकेपछि भर्चयुल रुपमा रजत जयन्तीको शुभकामना ब्यक्त गर्दै १० औं साधारण सभाको उदघाटन गरेका छन ।

भर्चयुल माध्यमबाट साधारण सभाको उदघाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आफु ब्यापारिहरुका हरेक पिर मर्काकाबारे आफु निकै संबेदनशिल भएको उल्लेख गर्दै ब्यापारीकै हकहितका निम्ति नेपाल सरकारले आयोजना गरेको बैठकमा उपस्थिती नभई नहुने भएकाले कोहलपुर आउने आफनो हुटहुटिलाई बिट मार्न बाध्य भएको बताए ।

निरन्तर आफनो पहलका कारण केहि बैंक बाहेक अधिकांश बैंकले १ डिजिटमा ब्याजदर कायम गरेको उल्लेख गर्दै सबैं बैंकहरुले एक डिजिटमा कर्जा लगानिको वातावरणका लागि महासंघ निरन्तर लागि परेको उल्लेख गरे ।

ठुला,मझौला तथा साना जुनसुकै ब्यापारी भएपनि कोभिड पछि आ आफनो क्षेत्रमा पिडित रहेको भन्दै महासंघले सबैको ब्यापार ब्यवसाय निरन्तरता, उद्योग कलकारखाना सहज सञ्चालनका निम्ति सरकारसंग ठोस निति अबिलम्व गर्नका निम्ति लबिङ गरिरहेको उल्लेख गरे ।

महासंघका केन्द्रिय उपाध्यक्ष श्री कृष्ण बैद्यले कोहलपुर बसपार्कमा भाडामा लिएर ब्यापार ब्यबसाय गर्दै आएका ब्यापारीहरु दिनानुदिन पलायन हुदै गएको र भ्यु टावर समेत ठेक्कामा जान नसकेको परिप्रेक्षमा उचित मापदण्ड र मुल्यांकनका साथ दिने हो भने नेपाल उद्योग बाणिज महासंघले उद्योग बाणिज्य संघ कोहलपुरको अगुवाईमा सञ्चालन गर्न तयार रहेको बताएका छन ।

सरकारी खर्च कम हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै बैद्यले कार्य सम्पन्न पश्चात पनि ब्यबसायीहरुलाई सरकारले भुक्तानि नदिदा बजारमा नगद प्रबाहमा कमि आएको, आर्थिक चलायमान हुन नसकेको, ब्यापार बयबसाय मात्र नभई सर्वसाधारणको चुलो बल्ने समेत समस्या सिर्जना भएको प्रति सरकारको ध्यानाकर्षण हुन जरुर भएको उल्लेख गरेका छन ।

युवाहरुको कहालिलाग्दो विदेशिने परिपाटिप्रति चिन्ता ब्यक्त गर्दै बैद्यले महासंघले पढेर जागिर खानैपर्ने सोच परिवर्तनकालागि विश्वबिद्यालयहरुसंग समन्वय गरेर उद्यमशिल शिक्षामा अवका युवाहरुलाई दिक्षित गरिनुपर्ने धारणा राखे ।

नेकपा एमालेका नेता तथा लुम्विनी प्रदेशका पुर्व वन तथा वातावरण मन्त्रि माननिय दुर्गा प्रसाद चौधरीले ब्यापारीहरुको यति ठुदो कार्यक्रममा पनि स्थानिय सरकार प्रमुखको उपस्थिती हुन नसक्नु दुखद भएको औंल्याउदै बरियताका कारण हो या अन्य कारणले होस कोहलपुर क्षेत्रका जनप्रतिनिधिहरु यस्ता कार्यक्रममा आएर राय दिने मात्र नभई लिने समेत मौका भएको अनुभुत गर्न सक्नुपर्ने बताए ।
स्थानिय विकासका आधार कर नै भएको र उक्त कर उठने क्षेत्र भनेको ब्यापार ब्यबसाय नै भएकाले कोहलपुर क्षेत्रका समग्र विकासका निम्ति स्थानिय सरकार र निजि क्षेत्रले समन्वय गर्नुको विकल्प नभएको जिकिर गरे ।

कार्यक्रममा उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै प्रमुख अतिथीलाई कालो झण्डा देखाउने भन्ने भ्रामक खालका स्टाटसहरु सामाजिक सञ्जालमा देखिनु र समाचार समेत प्रकाशित हुनु अत्यन्त दुखद भएको यस्ता भ्रामक सुचना सम्प्रेसन गरेर आफनो कद र ओज नघटाउनुस म सबैमा अपिल गर्छु उनले भने ।

कोभिडकालको कहालि लाग्दो अवस्थाबाट केहि माथि उठेका ब्यापारीहरुलाई ब्यापार ब्यबसाय गर्न समेत अवरोध गर्ने तत्वहरु कोहलपुरमा निकै सलवलाई रहेको मैले अनुभुत गरेको छु शक्ति र सत्ता स्थाई नहुने कुराको हेक्का राख्न सम्वन्धित पक्षको धनाकर्षण गराउन चहान्छु उनले भने ।

संघको रजत जयन्ती तथा १० औं बार्षिक साधारण सभामा अध्यक्ष पौडेलले ब्यापार मेलाको टिकट बिक्रिबाट प्राप्त प्रति टिकट रु १ छुट्याएर भएको रकम रु ५० हजारको चेक समेत नेपाल रेडक्रस सोसाईटी कोहलपुरका निवर्तमान अध्यक्ष नारायण गौडेललाई हस्तान्तरण गर्दै बिद्यालयलाई उसैगरि छुट्टाएको रकम भने खातामै नै रहेको जानकारी समेत गराए ।

नवनिर्मित बाणिज्य संघको बहुआयामिक भवनको परिसरमा आयोजित कार्यक्रममा कोहलपुर नगर उप प्रमुख संगिता सुबेदी, बाणिज्य संघका तर्फबाट लुमिवनी प्रदेश अध्यक्ष कृष्ण शर्मा, कर्णाली प्रदेश उद्योग बाणिज्य संघका पदम शाहि, जिल्ला पार्टिहरुका तर्फबाट नेपाली काङग्रेसका सभापति नारायण प्रसाद गौडेल, नगर पार्टिका तर्फबाट नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, वडा अध्यक्षका तर्फबाट कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा लगाएतका बक्ताहरुले बिभिन्न आरोह अवरोह पार गर्दै संघले रजत जयन्ती मनाउन सफल भएकोबारे प्रशंसा गर्दै दशौं बार्षिक साधारण सभाको शुभकमना समेत ब्यक्त गरेका थिए ।

पुर्व अध्यक्षहरुलाई संघलाई पुरयाएको योगदानको कदर गर्दै प्रशंसा पत्र समेत प्रदान गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, नरेन्द्र प्रसाद शर्मा, चिन्तामणि धिताल, चक्र बहादुर अधिकारीलाई सम्मान समेत गरिएको थियो । बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले आतिथ्यता गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव मात्रिका सापकोटाले गरेका थिए भने खुल्ला सत्रको समापन अध्यक्षको अनुमतिमा उपाध्यक्ष चण्डि गरेले गरेका थिए ।

Nabintech