५ जेष्ठ २०८१, शनिबार
चिसो बढेपछि बाँकेमा धुनीको व्यवस्था

धुनी प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनको आग्रह


  • टाइम्स संवाददाता

  • २१ पुष २०८०, शनिबार १९:२१

नेपालगन्ज: चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरुको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो ।

 बिहानैदेखि मानिसहरुको बाक्लो हिँड्डुल हुने चोकहरु, अस्पताल, निलसागर आश्रम, मानव सेवा आश्रम लगायतका सामूहिक आश्रयस्थलमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।  जिल्लाका सबै सुरक्षा प्रमुखहरु सम्मिलित टोलीद्वारा सामूहिक आगो ताप्ने ब्यवस्था मिलाइएको हो ।

वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने (धुनी ) प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनले अनुरोध गरेको छ ।  ‘शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय तथा संघसंस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरिसकेको छ ।

Nabintech