५ जेष्ठ २०८१, शनिबार
शिक्षण अस्पताल कोहलपुरमा बृहत रक्तदान, ८५ पिन्ट रगत संकलन

  • टाइम्स संवाददाता

  • २३ पुष २०८०, सोमबार १९:२७

कोहलपुर :लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ केन्द्रीय कमिटी कोहलपुरले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले संघले सोमबार शिक्षण अस्पताल कोहलपुर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संघका केन्द्रीय सभापति यमबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा शिक्षण अस्पताल कोहलपुरका निर्देशक प्रोफेसर डा. रेशमबहादुर राना रहेका थिए । रक्तदान कार्यक्रममा सहभागी भएर ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अभिशेष सिंह ठकुरीले जानकारी दिए ।

‘रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक रुपमा सहभागिता रहेको पाइयो,’ उनले भने । संकलन गरिएको ८५ पिन्ट रगत नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रलाई बुझाइएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता माधवराम खत्री, चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारी संघका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको संघका महासचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिए ।

संघले रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्रसहित सम्मान समेत गरेको छ । कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

Nabintech