२९ बैशाख २०८१, शनिबार
तराई-मधेशमा बाक्लो हुस्सु र कुहिरो, चिसोले जनजीवन कष्टकर

आज गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हरने


  • टाइम्स संवाददाता

  • २४ पुष २०८०, मंगलवार ०६:५७

काठमाडौँ:हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशका भूभागमा आज बिहानीपख हुस्सु र कुहिरो लागे पनि अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने महाशाखाको अनुमान छ।

तराई मधेशका जिल्लामा विगत केही दिनदेखि बाक्लाे हुस्सु र कुहिरो लाग्दा दैनिक जनजीवन कष्टकर बनेको छ। तराई मधेशमा बढेको चिसोले स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हरने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यसैगरी आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

Nabintech