५ जेष्ठ २०८१, शनिबार
बाँकेका पाँच पत्रकार सम्मानित

विभिन्न मानविय तथा सेवामुलक कार्यक्रमको आयोजना गर्दै मेल्विन जोन्सको १४५ औं जन्म जयन्ति समेत मनाईएको छ


  • टाइम्स संवाददाता

  • २९ पुष २०८०, आईतवार ०८:२९

कोहलपुर,बाँके: शान्ती र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुरयाएको भन्दै भारतको बिहार राज्यको बैसालिमा भएको सार्क जर्नालिस्ट फोरमको अन्तराष्ट्रिय कार्यक्रममा सम्मानित भएका बाँकेका पत्रकारहरुलाइ लायन्स क्लब अफ ३२५ एन डिस्ट्रीकले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा रोसन गरेको भन्दै सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस चौतारीका केन्द्रिय सदस्य एबं लुम्विनी प्रदेश सह ईन्चार्ज एबं  नेपाल टेलिभिजनकर्मि रुद्र सुवेदी, प्रेस सेन्टरका केन्द्रिय सचिव एबं गोराखापत्रकर्मि सिराज खान, प्रेस चौतारीका केन्द्रिय सदस्य निर्वाचन आयोग सदस्य एबं गोराखापत्रकर्मि गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य  एबं भेरि एफएम प्रमुख अमन अन्सारी र प्रेस चौतारी केन्द्रिय अनुशासन आयोग सदस्य एबं कोहलपुर टाईम्सका सम्पादक विष्णु वेल्वासे रहेका छन ।

उनीहरुलाई लायन्स ३२५ का जिल्ला गर्भनर मुकुट ढकाल,  फस्ट लेडि मिना ढकाल, पुर्व जिल्ला गर्भनर मधुसुदन शर्मा रिजाल लगाएत लायनहरुले कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरेका हुन । लायन्सका संस्थापक मेल्विन जोन्सको १ सय ४५ औं जन्मोत्सव सप्ताहको समापनका अवसरमा बाँकेका पत्रकारहरुलाई सम्मान गरिएको आयोजा लायन्स ३२५ जिल्ला गर्भनर मुकुट ढकालले कोहलपुर टाईम्सलाई बताए ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ जिल्ला का सरिता शाक्यको सभाध्यक्षतामा आयोजित जन्मोत्सव समापन कार्यक्रममा पौष २२ देखि २८ सम्म लायन्स क्लवहरुले गरेको सामाजिक तथा मानविय कार्यक्रमहरुको प्रतिवेदन समेत पेश गरिएको थियो । गरिव, विपन्न र विपत्तिमा परेकाहरुलाई विभिन्न सेवामुलक कार्यक्रम गरेको प्रतिवेदन प्रस्तुत गर्दै सभाध्यक्ष सरिता शाक्यले जन्मोत्सव सप्ताहमा बाँके र बर्दियाका २४ बिभिन्न लायन्स क्लवहरुले ४४ बढिका मानविय कार्यक्रम गरेको बताईन ।

उनले मानविय सहायत पाउन लायक लक्षित वर्गहरुमाझ बिभिन्न स्वास्थ्य शिविर, सर्जिकल औषधि वितरण तथा खाद्यान्न वितरण, बृक्षारोपन , फेलाशिप, महिलाहरुलाई लक्षित पाठेघरको क्यान्सर सम्बन्धि शिविर, भोजन वितरण, स्टेस्नरि तथा खेलकुदका सामाग्री वितरण, न्यानो कपडा वितरण, रक्तदान जस्ता कार्यक्रमहरुको आयोजना गरेको प्रतिबेदनमा उल्लेख गरिन ।

लायन मधुसुदन शर्मा रिजालले लायन्स क्लवहरुको मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै बाँके बर्दियाका बिभिन्न लायन्स क्लवहरुलाई सो समारोहमा सम्मानका पात्र भन्दै सम्मान समेत गर्न उदघोष गरेका थिए ।

राष्ट्रको विकास र समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलेको लायन्स क्लवले मेल्विन जोन्सको १४५ औं जन्म जयन्तिका अवसरमा केक काटेर उनको जन्म दिन मनाउदै उनले समाज परिवर्तमा खेलेको भुमिकालाई उच्च सम्मान गरेको थियो ।
लायन्स ३२५ का जिल्ला गर्भनर मुकुट ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य लायन सञ्जय थापाले गरेका थिए भने ३ दर्जन बढि लायनहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

Nabintech