६ जेष्ठ २०८१, आईतवार
सृजना सहकारी सस्था लिमिटेडको २४ औ वार्षिक साधारणसभाबाट अध्यक्षमा दशरथ पराजुली निर्बाचित

  • टाइम्स संवाददाता

  • २९ पुष २०८०, आईतवार ११:२४

कोहलपुर,बाके : बाकेको कोहलपुरमा रहेको सृजना सहकारी सस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष केशबराज पोखे्रलले बार्षिक प्रर्गति प्रतिबेदन प्रस्तुत गरेका थिए । शूरुका दिनमा १५ लिटर दुधको कारोबारबाट शुरु भएको यो सहकारी सस्थाले अहिले दैनिक २२ हजार लिटर दुधको कारोबार गर्दै आएको प्रर्गति प्रतिबेदनमा उल्लेख गरिएको छ । सृजना सहकारी सस्था बहुउदेश्य प्रकृतिको सस्था भएकोले आगामी दिनमा सोही प्रकृति अनुसार कारोबार गर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ । १६७० जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने ३४७ जनालाई क्रृण लगानी गरेर रोजगार उपलब्ध गराएको छ त्यस्तै सहकारी तर्फ १० जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।


सृजना सहकारी सस्था लिमिटेडको चुक्ता शेयर पुंजी १ करोड २७लाख रहेको छ भने निक्षेप २ करोड ४१ लाख रहेको छ त्यसै गरि यस सहकारीले ७ करोड ११ लाख कर्जा लगानी गर्न सफल भएको छ । २४ औ वार्षिक साधारण सभाले दशरथ पराजुलीलाई अध्यक्षमा सर्बसहमतबाट निर्बाचित गरेको छ भने उपाध्यक्षमा मिना आर्चाय , सदस्यमा सुमन पौडेल, लिलारमा भट्टराई , हिरालाल वली,दिप प्रसाद अधिकारी,रुपा कार्की,बाबुराम गिरी , मोहा भण्डारी गरि १० सदस्य रहेका छन भने लेखा समितीको संयोजनकमा कृष्ण प्रसाद भुगाई , सदस्यमा कोपिला तिबारी,अस्मिता पौडेल निर्बाचित भएको सस्थालका ब्यवस्थापक चन्द्रलाल तिबारीले कोहलपुर टाइम्सलाई बताए ।

Nabintech