२० बैशाख २०८१, बिहीबार
बैजनाथमा हुने दोश्रो उप प्रमुख कप प्रतियोगिताको सम्पुर्ण तयारी

  • टाइम्स संवाददाता

  • २ माघ २०८०, मंगलवार १५:५६

बैजनाथ  : बैजनाथ गाउँपालिका स्तरीय खेलकुद बिकास समितिको आयोजनामा हुने दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ। उक्त खेलकुद प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४२ विद्यालयहरु बाट १ हजार ५ सय विद्यार्थी सहभागी हुने बताइएको छ ।

 


माघ ३ गतेदेखि ६ गतेसम्म खेलकुद संचालन गरिने छ। एथलेटिक्स,भलिबल,कबड्डि र मार्सल आर्ट तर्फ कराते र ट्याक्वान्दो बिधामा खेल खेलाईने मुल आयोजक समिति संयोजक बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले जानकारी दिए। राष्ट्रिय भलिबल प्रशिक्षक लाल बहादुर मल्ल र एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङले खेल खेलाउने आयोजक समिति उप समिति फिल्ड मार्सल संयोजक श्याम ओलीले जानकारी दिए

निजि तथा सामुदायिक विद्यालय गरी कुल ४२ विद्यालय सहभागी हुने छन् । सामुदायिक विद्यालय आधारभुत लाई खेलकुद प्रतियोगितामा सहभागीतामा ब्यवस्थापन खर्च बापत रु २० हजार र माध्यमिक विद्यालयलाई ब्यवस्थापन खर्च बापत रु ३५ हजार ब्यवस्थापन खर्च बापत बैजनाथ   गाउपालिकाले विद्यालयहरुलाई प्रदान गरिने खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिए

Nabintech