२५ बैशाख २०८१, मंगलवार
बर्दियामा एक पुरूष मृत फेला,सोधपुछका लागि ४ जना नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार १७:११

बर्दिया: बर्दियामा एक पुरूष मृत फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूष मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

मृतक मधुबन नगरपालिका-०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए। अहिले शव पोष्टमर्टमका लागि पठाइएको रिपोर्टपछि थप कुरा थाहा हुने डिएसपी अर्यालले जानकारी दिए।

उनले घटनाबारे सोधपुछका लागि ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।

Nabintech