१२ श्रावण २०८१, शनिबार
नेपालगन्ज कल्चर फेस्टिभल हुने

  • टाइम्स संवाददाता

  • १९ माघ २०८०, शुक्रबार १९:५४

बाँके । आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिभल हुने भएको छ । देशभरको संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको हो ।

स्थानीय संघ संस्थाको सहकार्यमा अन्तरालले आयोजना गर्ने फेस्टिभलमा नेपाली मौलिक कला संस्कृति, गीत/सङ्गीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचार प्रसार गरिने परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूर पश्चिमको देउडा नृत्य र गीतदेखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ नाच र पालमसम्म, तराइको थारु र अवधि नृत्य/गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौँ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।

कतिपय परम्परागत बाजा, भेषभुषा लोप हुने अवस्थामा पुगेको, पुराना पुस्ताका गीतहरू नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सबै खाले संस्कृति र गीत/सङ्गीतको साझा मञ्चको रुपमा फेस्टिभल आयोजना गर्न लागिएको जनाइएको छ ।

यो पनि हेर्नुहोस :

 

Nabintech