३० बैशाख २०८१, आईतवार
पालिकामा आफु खुसी मनलाग्दी बिदा

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार ११:५१

कोहलपुर   :  तीनै तहका सरकारमा सार्वजनिक बिदा दिने विषयमा बेथिति बढ्दै गएको छ । बेला बेला सङ्घीय सरकारले नै नचाहिने विषय र निहुँमा बिदा दिएको भन्दै आलोचना हुने गरेको छ । तर पालिकामा त सार्वजनिक बिदामा ठूलै मनोमानी भइरहेको छ ।  स्थानीय पर्व, उत्सव र सांस्कृतिक तथा ऐतिहासिक विषयमा दिइनुपर्ने बिदाहरु अहिले भने साह्रै सस्तो र आलोचित हुन थालेका छन् । बाँकेको खजुरा गाउपालिकाले पनि बिदा दिएको छ तर बाँकेकै अरु ७  पालिकाले भने बिदा दिएका छैन

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकाले सार्वजनिक बिदा दिन पाउने व्यवस्था छैन । तर बिदा दिन नपाइने भनेको पनि छैन । त्यसैले त पालिकाहरुलाई हाइसञ्चो छ,

आजकै कुरा गरौँ, सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन बिदा नदिन आदेश दिएको छ, तर आज कैयौँ पालिकाले बिदा दिएका छन् । माओवादीका अध्यक्ष रहेका र जनप्रतिनिधिको बाहुल्यता रहेका केही पालिकामा बिदा छ ।

Nabintech