३० बैशाख २०८१, आईतवार
आज देशका केही भूभागमा वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार १२:२८

काठमाडौँ  :  अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Nabintech