२२ बैशाख २०८१, शनिबार
वाफ महिला च्याम्पियनसिप : आज जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल

  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०८०, बिहीबार ०७:५२

काठमाडौं : वाफ महिला च्याम्पियनसिपको उपाधिको लागि नेपालले आज जोर्डनसँग भिड्दै छ । आजको खेल नेपाली समय अनुसार साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा रात ि९ः४५ बजेदेखि सुरु हुनेछ ।
वाफ च्याम्पियनसिपमा शानदार खेल प्रदर्शन गरेको नेपाल यो पटक उपाधीको बलियो प्रतिस्पर्धी हो । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

जोर्डन पाँच पटक विजेता भइसकेको छ । आज खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध फाइनल खेल गुमाउने भएकी हुन् । क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।  फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।
नेपाल प्रेसबाट साभार

Nabintech