२४ बैशाख २०८१, सोमबार
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०६:५६

सुर्खेत – नेपालका प्रथम महिला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा कर्णालीमा गर्न लागिएको पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्व राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । भण्डारीले सुर्खेत विमानस्थलमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रप्रसाद डाँगी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा एमालेका प्रदेश अध्यक्ष गुलावजंग शाहसहितको टोली स्वागत गरेको छ ।

आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागेको छ । सिटीहलमा आयोजना गरिएको सम्मेलनको उद्घाटन भण्डारीले सोमबार गर्नेछिन् ।

Nabintech