२४ बैशाख २०८१, सोमबार
एमाले र माओवादीबीच राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाउने समझदारी

कांग्रेस बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित नयाँ विकल्प जान तयार


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०८:४८

काठमाडौं ( सत्तारुढ गठबन्धनको समीकरण परिवर्तन हुनेतर्फ राजनीतिक गतिविधि अघि बढेको छ । नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरुसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।

कांग्रेस बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित नयाँ विकल्प जान तयारी भएको माओवादीका एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘अब कांग्रेसको दस्तावेजको कारणले नयाँ मोड लियो, अब मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ । अब नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्दैछ ।’

आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्षसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।

Nabintech