२४ बैशाख २०८१, सोमबार
लुम्विनी प्रदेशमा सरकार फेरबदलको जोड घटाउ शुरु

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०८०, मंगलवार १३:११

लमही  :  केन्द्रमा  सत्ता समीकरण  फेरिए पछि प्रदेशमा पनि कार्यान्वयन हुने   देखिए पछि  प्रदेशहरुमा सरकार निर्माणको जोड घटाउ सुरु भएको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमध्ये प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन ।

लुम्विनी प्रदेशमा यसअघि  एमाले माओवादी गठबन्धनबाट एमालेका लिला गिरी मुख्यमन्त्री थिए । सभामुख माओवादी केन्द्रले लिएको थियो । माओवादी केन्द्रले एमालेसंगको गठबन्धन भत्काएर कांग्रेससंग गठबन्धन गरेपछि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् ।

चौधरी नेतृत्वको सरकारमा एमाले र राप्रपा वाहेक ८ दलको प्रतिनिधित्व छ । अहिलेको सरकारमा भएका दलहरु मध्ये कांग्रेसबाहेक सबै दलको समर्थन नयाँ गठबन्धनलाई हुने एमाले  नेताहरुको दाबी रहेको छ

Nabintech