५ जेष्ठ २०८१, शनिबार
पहाडी क्षेत्रको मौसम आंशिक बदली अरु ठाउँमा भने सफा

  • टाइम्स संवाददाता

  • २३ फाल्गुन २०८०, बुधबार १०:५१

काठमाण्डाै  :  आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।

Nabintech