५ जेष्ठ २०८१, शनिबार
रास्वपाले गृहसहित ४ जनाको नाम टुङ्ग्यायो

  • टाइम्स संवाददाता

  • २३ फाल्गुन २०८०, बुधबार १७:१९

काठमाण्डाै  : नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउन व्यस्त भएका छन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ ।

आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेले गृह र अर्थमध्ये एउटा आफ्नो भागमा हुनैपर्ने बताए पनि दुवै मन्त्रालय नपाउने भएको छ । गृह वा अर्थमध्ये एउटा मन्त्रालय पाएको पाए उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने योजनामा रहेको एमालेले अब सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्री पठाउने भएको हो । रघुवीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने सम्भावना छ ।

यस्तै माओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाउने भएको छ । नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने सम्भावना छ । सरकारमा सहभागिताको विषयमा

Nabintech