२४ बैशाख २०८१, सोमबार
पश्चिम रुकुम कारागारमा क्षमता भन्दा बढि कैदी

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८०, बिहीबार ०७:३५

रुकुम  : रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि अहिले यसको छ गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा अहिले छ गुणा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुुवाले जानकारी दिए

अहिले कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेका कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिए

Nabintech