५ जेष्ठ २०८१, शनिबार
जुम्लामा हिउँमा फसेकाको उद्धार

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८०, बिहीबार ०७:४०

जुम्ला  : जुम्लामा हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकप्टरबाट उद्धार भएको छ ।

तातोपानी गाउँपालिका–४ गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई पालिका र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनबाट जुम्ला विमानस्थलमा तीन चरणमा उद्धार गरेको छ । सबैको स्वास्थ्य जाँचका लागि नेपाली सेनाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको छ

श्रोत :उज्यालो

Nabintech