२३ बैशाख २०८१, आईतवार
सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन स्टिल निर्यात

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८०, बिहीबार ०७:५४

काठमाडौँ  : चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा ९ साउन–माघ आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो । गत वर्ष सो अवधिमा भने जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । स्वदेशी अधिकांश वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

सात महिनामा मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको कुल सामान निर्यात भएको हुँदा सबैभन्दा धेरै निर्यात आइरन स्टिलको भएको हो । निर्यातमा आइरन र स्टिलको हिस्सा ११ प्रतिशत रहेको छ ।

सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ । गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रुपियाँ बराबरको भएको थियो ।

Nabintech