२३ बैशाख २०८१, आईतवार
मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८०, बिहीबार १७:३७

तानसेन : पाल्पामा मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ । यसअघिसम्म विना मेशिन शल्यक्रिया गरिदैआएकोमा अबदेखि मेसिनको सहायताले माोतियाबिन्दुको शल्यक्रिया सुरु गरिएको हो ।  आधुनिक मेसिनबाट शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, बिरामीलाई सरल र सहज उपचार गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समय पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट आँखाको शल्यक्रियाका लागि पाल्पा आउने बिरामी बढेका थिए ।

तानसेनस्थित लायन्स लाकौल आँखा अस्पतालले फेको मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ ।

Nabintech