२० बैशाख २०८१, बिहीबार
कोहलपुरमा मनाइयो ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:१३

कोहलपुर  : आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

 

यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । बाकेको कोहलपुर नगरपालिकाको आयोजनमा कोहलपुर क्षेत्रका बिभिन्न सघसस्था र बिद्यालयहरुले कोहलपुर चौराह परिक्रमा गरि नारी दिवास मनाएका छन ।कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले पहिलेको तुलनामा भन्दा अहिले महिलाहरु अगाडी बढदै गएको र छोरीलाई दाइजो दिनु भन्दा छोरीलाई शिक्षा दिनु पर्ने बताइन ।

 


कार्यक्रममा कोहलपुर क्षैत्रका जनप्रतिनिधीहरु र लुम्बिनी प्रदेशका महिला सासदहरुको सहभागीता रहेको थियो । बास्तबिक महिलाहरुलाई लक्षित गरेर कार्यक्म ल्याउनु पर्ने सरोकारवालले बताएका थिए ।

Nabintech