२१ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा महिला संघ द्वारा बृक्षारोपण

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:२८

कोहलपुर : १ सय १४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला सँघ कोहलपुर नगर समितिको आयोजनामा कोहलपुर ११ शिवालय तथा क्रियापुत्री भवन परिसरमा बृक्षा रोपण कार्यक्रम सप्पन्न भएको छ।पहिले भन्दा भिन्न्न प्रकारले दिवस मनाउने सोच आएकाले बृक्षारोपण गरिएको नगर समिती अध्यक्ष उर्मिला पान्डे अधिकारिले बताइन। अलिकति फरक तरिकाले काम गरौँ भन्ने उदेश्य र वातावरण संरक्षण गर्नु पनि कर्तव्य रहेकाले ब्राह्मण समाज कोहलपुर नयाँ बसपार्क पछाडि उक्त कार्यक्रम गरिएको अध्यक्ष पान्डेले बताइन। फुल तथा बिरुवाहरु रोपेर हराभरा बनाउने उदेश्यले बिरुवा त रोप्यौ,यी बिरुवाहरुलाई संरक्षण गर्ने हामी सबैको कर्तव्य रहेको कार्यक्रमकि प्रमुख अतिथी पुर्ब प्रदेश कृषि मन्त्री आरती पौडेलले बताइन। कार्यक्रममा नेकपा एमाले तथा नेकपा एमालेका सम्पुर्ण जनबर्गिय संगठनका सदस्यहरु सहित उल्लेख्य मात्रामा महिला सहभागिता रहेको थियो। कोहलपुरमा अखिल नेपाल महिला संघ सक्रिय रुपमा राजनितीक कार्य सङै सामाजिक काममा जुटेको कार्यक्रममा सहभागी महिला हरुले बताए।

Nabintech