२० बैशाख २०८१, बिहीबार
सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८०, शुक्रबार १३:४१

विरेन्द्रनगर, सुर्खेत  : जल जंगल परियोजनाको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न भएको छ । “महिलामा लगानी  सभ्य र समुन्नत समाजको थालनी   भन्ने मुल नारा सहित   र समावेशीकरणलाई प्रेरणा भन्ने अभियानका साथ ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवालहरूको विषयमा कार्यशला तथा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

 


कार्यक्रममा परियोजनाको उद्येश्य बारे  जल जंगल वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले बताएउनु भएको थियो भने टीम लिडर भुपेन्द्र शाहीले कार्यक्रको उद्येश्य माथी प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण वरिष्ठ अधिकृत शारदा शेर्पाले अन्र्तराष्ट्रिय महिला दिवस ईतिहास बारे १९०९ देखि श्रमिकहरुको आन्दोलन बाट सरु भएको र पछि यसलाई १९७७ संयूक्त राष्ट्रसंघले महिला अधिकार तथा विश्व शान्ति रुपमा लिदै अन्र्तराष्ट्रिय विदाको रुपमा लिएको लगायत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तको बारेमा तथा नेपालमा महिलाहरु अवस्था बारे केही तथ्य तथा तथ्याङ्क समेत प्रस्तुती गर्नू भएको थियो ।
कार्यक्रममा सहभागीहरु मध्ये समुदायिक बनमा नेतृत्व गरिरहेका महिला दलित महिला, अपाङ्गता भएका महिला, यौनिक अल्पसंख्यक तथा आसनमा महिला , भाषणमा महिला र शासनमा महिला हुनु पर्ने भन्दै एकल महिलाका संर्घर्षका अनुभव कथाहरु सहभागीहरु विच आदान प्रदान भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मी निर्मला पन्तले आज सम्म न्याय नपाएकोले म यो महिला दिवसको शुभकामना पनि दिन सक्दिन भन्दै महिलाहरुको न्याय र विकासका लागी महिलाहरु नेतृत्वदायि भुमिका आउनै पर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न,सामाजिक विकास मन्त्रलय, जालश्रोत तथा उर्जा विकास मन्त्रालय कार्णली प्रदेश, विरेन्द्रनगर नगरपालिका ,सामुदायिक बन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ,सुर्खेत , पत्रकार, इनर ह्वील क्लबका प्रतिनिधी ग्क्ब्क्ष्म् का साझेदार संस्थाहरुका प्रतिनिधी लगायत सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधीहरुको सहभागिता व्यापक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमबाट आगामी दिनहरकालागी प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशी करणकालागी कार्ययोजना निमार्ण गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयका अधिकृत श्री रेणुका न्या्ैपाने गरेकी थिइन कार्यशालामा प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मी रहेकी थिइन कार्यक्रम जल जंगल अनुगमन मुल्याङ्कन तथा संचार वरिष्ठ अधिकृत निर्मल नेपालीले गरेका थिए ।

Nabintech