२३ बैशाख २०८१, आईतवार
सामुदायिक वनका माध्यमबाट महिलाहरुलाई उद्यमी बनाउनु पर्ने

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८०, शुक्रबार १७:०१

कोहलपुर  : सामुदायिक वन उपभोग्ता महासंघ बाँकेको आयोजना र सामुदायिक वन उपभोग्ता महासघ कोहलपुर नगरपालिका महासघको ब्यवस्थापनमा , युरोपियन यूनियन र अस्ट्रियन डेमलपमेन्ट कोउप्रेसनको आर्थिक सहयोगमा सञ्चालन सम्बद्धन परियोजनाको  समन्वयमा सन्चालन भएको कार्यक्रममा सामुदायिक वनका  महिलाहरुलाई कसरी आयआर्जनमा जोडन सकिन्छ भन्ने बिषयमा ११४औ अन्तराष्ट्रिय महिला दिवसको अबसर पारेर अन्र्तक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।

 


कार्यक्रमका प्रमुख अथिती सामुदायिक वन उपभोग्ता महासघ नेपालका सचिब डिल्ली गिरीले अहिले राजनैतिक दलहरुले महिला नेतृत्वमा ५० प्रतिशत दिन नसकेको अबस्थामा सामुदायिक वनको नेतृत्वमा ५० प्रतिशत महिला रहेको बताएका थिए ।सामुदायिक वनमा लागेका महिलाहरु अहिले प्रदेश सासद र सधिय सासदको नेतृत्वमा समेत पुग्न सफल भएको बताएका थिए ।सामुदायिक वनमा लागेका महिलाहरुलाई बिभिन्न निकायहरुको समन्वयमा उद्यमशील र आयआर्जन तर्फ जोडनको लागी सामुदायिक वन उपभोग्ता महासघ नेपाल लागीरहेको बताएका थिए ।

 


महिलाहरु पछिपरेका छौ भन्ने भावनालाई हटाउदै आफनो अधिकारलाई लडेर लिनु पर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोग्ता महासघ लुम्विनी प्रदेश सदस्य महेन्द्र शाहीले अहिले पुरुषहरु बिदेशीएको अबस्था रहेको हुदा महिलाहरुलाई स्वारोजगार कार्यक्रममा केन्द्रित गर्नु पर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउनको लागी सरोकारवाल निकायहरुसग समन्वय हुन अति आबश्यक रहेको बताएका थिए । कार्यक्रमका बिशिष्ठ अथिती कोहलपुर नगरपालिका वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले महिलाहरु उद्यममा जोडन सकेमात्र महिला दिवस मनाउनुको सार्थकता हुने बताएका थिए ।

 


सामुदायिक वन उपभोग्ता महासघ बाँके अध्यक्ष साबित्रा पुनले जसरी हामीले आफनो घरपरिवारलाई बिवाद रहित तवरले चालाएका हुन्छौ ठिक त्यसै गरि आफु महासघको अध्यक्षको नेतृत्व लिए पछि सबै सगको सहकार्य र सहअस्तित्वमा महासघलाई सन्चालन गरेको बताइन । सामुदायिक वनबाट पनि आयआर्जन गर्न सकिन्छ र महिलाहरुलाई सक्षम बनाउनको लागी महासघ बाँकेले बिभिन्न सस्थाहरुको सहयोगमा महिला मुखी कार्यक्रमको लागी समन्वय गरेर बताइन ।

 


कार्यक्रममा सम्र्बद्धन कार्यक्रमका पैरवी अधिकृत जयन जोसीले बाँकेको कोहलपुर र राप्ती सोनारीमा परियोजन लागु भएको बताएका थिए   ।  यस परियोजनाले बन कृषि र उद्यामलाई पहिलो प्रथमिकतामा राखेर काम गर्ने बताएका थिए । सामुदायिक बन र  कृषक समुहसग सहकार्य गरेर यो परियोजना लागु हुने छ ।    सामुदायिक वन उपभोग्ता महासघ कोहलपुर नगर अध्यक्ष कृष्ण रानाले सामुदायिक वनलाइ अधिक उपयोग गरेर पर्यापर्यटनमा जोडदै आयआर्जन गर्नु पर्ने बताएका थिए ।

Nabintech