२३ बैशाख २०८१, आईतवार
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार ०७:५३

काठमाण्डौ :   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । इन्दिरा गिरी कृषि राज्यमन्त्री हुनुभएको छ । खुशीराम डङ्गौरा थारुलाई विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ

Nabintech