२० बैशाख २०८१, बिहीबार
अब सगरमाथा चढन बिद्युतीय चिप्स अनिबार्य

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार ०७:५७

काठमाण्डौ  :  गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने एकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने एकिन समेत भएको छैन ।

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ

Nabintech