२३ बैशाख २०८१, आईतवार
स्थानीय तहका छब्बिस पदमा उपनिर्वाचन

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार ०८:०१

काठमाडौँ  :  स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या  २६ पुगेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने बताउनुभयो ।  पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ ।

Nabintech