२० बैशाख २०८१, बिहीबार
पढदै कमाउदै कार्यक्रममा कागतीको हब बन्दै बाल शिक्षा माबि

भिडियो सहित शितल चिनीको फाइदा सुन्नु होस


  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार १२:११

कोहलपुर  : कोहलपुर नगरपालिका वडा न १३ भरैयामा रहेको बाल शिक्षा माध्यमिक बिद्यालयले बिद्यालय क्षेत्र भित्र रहेको करिब १० कट्ठा जग्गामा कागती , आँप ,रुख कटहर , अम्बा ,रातो केरा स्टबेरीलगायका ९३२ बिरुवा लगाइएको छ भने साथै बहुउपयोगी सितल चिनीका बिरुवा पनि लगाइएको बिद्यालयका प्रध्ययानध्यपाक टर्क बहादुर खत्रीले कोहलपुर टाइम्सलाई बताए ।


पढदै कामाउदै कार्यक्रमलाई थप्प प्रभाबकारी बनाउको लागी एन आइ एम बि बैकको सहयोगमा फलफुल प्रजातीका बिरुवा बिद्यालयलाई सहयोग गरेको बैकले जनाएको छ ।बिद्यालयको पढदै कामउदै कार्यक्रमको लागी फलफुलका बिरुवाहरुबाट आम्दानी गर्न सकिने बिद्यालयका प्रअ टर्क बहादुर खत्रीले बताएका छन ।


कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक बिकास समिती संयोजक इश्वरी बिकले यस बिद्यालयलाई कागतीको हब बनाउनको लगाी नगरपालिकाले पुर्णरुपमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए
त्यसै गरी कोहलपुर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले बिद्यालयले ल्याएको यो नबिनतम योजनालाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बिद्यालयले शितलचिनीको रुखबाट आम्दानी गर्न सकिने भएको हुदा बिरुवा हस्तान्तरण गरेको मोरिङ्गा फर लभका हेमन्त राज काफलेले बताएका छन ।

 

पछिल्लो समयमा मानिसहरुमा सुगरको समस्या बढदै गएकोले यसको पात सेवाबाट जीवन जोगिने भएकोले हरेक नागरिकले आफनो घरमा शितल चिनीको रुख रोप्न समेत सुझाब दिएका छन । बाल शिक्षा माध्यमिक बिद्यालयले बहुआयामिक कार्याक्रम ल्याएको हुदा यसलाई सफल पार्नको लागी सबैले सहयोग गर्नु पर्ने वडा सदस्य बलु घर्तीले बताए । कार्यक्रममा कोहलपुर नगरपालिका नगर शिक्षा प्रमुख राम बहादुर हमाल , बिद्यालयका शिक्षक शिक्षिका बिद्यालय बयवस्थापन समितीका अध्यक्ष लगाएको सहभागीता रहेको थियो ।

भिडियो सहित शितल चिनीको फाइदा सुन्नु होस:

 

Nabintech