२३ बैशाख २०८१, आईतवार
साइबर अपराधका घटना ६ गुणाले बढे

  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०८०, आईतवार १५:२५

काठमाण्डौ  :  पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३ सय वटा निवेदन आएकामा चालु आर्थिक वर्षको फागुन २३ सम्म १२ हजार ७ सय ८९ वटा निवेदन आएका हुन्।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९ सय ६, २०७८/७९ मा ४ हजार ६ सय ८६ र २०७९/८० मा ९ हजार १३ वटा  निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १ सय ६४, बालिकाका २ सय ४२, महिलाका ५ हजार ७ सय ३, पुरुषका ६ हजार १ सय ७७ र अन्यमा ५ सय ३ गरी जम्मा १२ हजार ७ सय ८९ वटा निवेदन प्रधान कार्यालयमा आएका छन्

Nabintech