२२ बैशाख २०८१, शनिबार
दाङमा २६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान

  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०८०, आईतवार १५:२९

दाङ : जिल्ला प्रशासन कार्यालय दाङले चार महिनाको अवधिमा २६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ । गएको मङ्सिर महिना यता जिल्ला प्रशासन कार्यालय दाङबाट २६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए

सरकारले नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेसँगै मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि जिल्लामा गैरआवासीय नागरिकता लिने क्रम बढेको प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, ूगैरआवासीय नागरिकले पनि नेपाली नागरिकता लिन मिल्ने व्यवस्था बनेपछि जिल्लामा नागरिकता लिने क्रम बढेको छ

Nabintech