२३ बैशाख २०८१, आईतवार
बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०८०, आईतवार १५:३१

बाँके : बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।
बाल सुधार गृहमा रहेका बालकहरूको उपचारको उचित व्यवस्था नभएकाले अबदेखि दुई वटा अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँको अध्यक्षतामा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए

Nabintech