२३ बैशाख २०८१, आईतवार
एमाले हुम्लाको बैठक २९ गते

  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०८०, आईतवार १५:४५

हुम्ला : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ ।

जिल्ला कमिटीको निर्णयअनुसार दक्षिणी क्षेत्रको गाउँपालिका केन्द्र पिप्लाङमा बैठक बस्न लागेको हो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष डबल रावतले फागुन २९ गते जिल्ला कमिटीको नवौँ बैठक चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा बस्ने बताए   ।

बैठकले जिल्ला अधिवेशनको मिति तोक्ने र वडा तथा गाउँपालिका कमिटीको अधिवेशन पनि तय गर्ने उहाँको भनाइ छ । बैठकका लागि चङ्खेली गाउँपालिका कमिटीले तयारी गरिरहेको एमाले हुम्लाले जनाएको छ

Nabintech